बुधबार, चैत ४, २०८२

बैतडीमा पाठ्यपुस्तक अभाव हुँदा पठनपाठनमा समस्या

जेठ १ गतेदेखि नै शैक्षिकसत्र सरु भएकोमा पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको सम्बद्ध विद्यालयले जनाएका छन्।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

बैतडी- बैतडीमा पाठ्यपुस्तक अझै पुग्न सकेको छैन। नयाँ शैक्षिक सत्र सुरु भएको २ हप्ता भइसक्दा समेत पाठ्यपुस्तक नपुगेका हुन्।

National life

जेठ १ गतेदेखि नै शैक्षिकसत्र सरु भएकोमा पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको सम्बद्ध  विद्यालयले जनाएका छन्।

नयाँ शैक्षिक सत्रसँगै विद्यालय खुले पनि जिल्लामा पाठ्यपुस्तकको अभावमा पठनपाठन सञ्चालन हुन नसकेको केदारनाथ आधारभूत विद्यालयका शिक्षक शंकरराम ओडले बताए।

१-२ दिनभित्रै जिल्लामा पाठ्यपुस्तक आइपुग्ने आफूले जानकारी पाएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए।। जिल्लाका सामुदायिक विद्यालयलाई ८३ हजार पाठ्यपुस्तक आवश्यक भए पनि अहिलेसम्म पाठ्यपुस्तक पुगेका छैनन्। 

स्थानीय निर्वाचनका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको जानकारी आएको र १ हप्ताभित्र जिल्लामा पाठ्यपुस्तक वितरण हुन सक्ने एकाइ प्रमुख अवस्थीको भनाइ थियो। जिल्लामा ५४० सामुदायिक विद्यालय छन्।

Laxmi sunrise bank
kumari


प्रकाशित: May 31, 2022| 13:14 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्