बिहीबार, असार ३२, २०८३

रहेनन् भरतशम्सेर राणा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं : नेपाली कांग्रेसका पुराना नेता भरत शमशेर राणाको निधन भएको छ। राणाको ९० वर्षको उमेरमा शनिबार भारतको कलकत्तास्थित निवासमै निधन भएको हो।

भरत शमशेरको शनिबार बिहान निधन भएको हो। विसं २०१५ सालको निर्वाचनमा धादिङबाट निर्वाचित भएका राणा त्यतिबेला प्रमुख प्रतिपक्षी दलका नेता थिए। राणाले नेतृत्व गरेको गोरखा परिषदले  आम चुनावमा २० सिट  ल्याएको थियो। सो समयमा नेपाली कांग्रेसको दुई तिहाई बहुमत ल्याएकोक थियो।
 
राणा नेपाली कांग्रेससँग एकता हुनु अघिको तत्कालीन गोर्खा परिषदका महामन्त्री समेत भएका थिए। 

राणाको निधनले मर्माहत बनायो-देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि एक शोक विज्ञप्ति निकाली पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं राजनीतिक परिवर्तनकावाहक राणाको निधनले मर्माहत र स्तब्ध बनाएको बताएका छन् ।

सभापति देउवाले लोकतन्त्र र गणतन्त्र स्थापनाको आन्दोलनमा स्व राणाले पुर्‍याउनुभएको योगदान इतिहासमा सदा स्मरणीय रहिरहने उल्लेख गर्दै उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

सभापति देउवाले स्व राणाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतकको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। 

राणाको निधनले पौडेल मर्माहत

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसका पुराना र ज्युँदा जाग्दा नेता भरत शमशेरको निधनको खवरले मर्माहत भएको बताएका छन् । भारतको कोलकत्तामा ९० वर्षको उमेरमा राणाको निधन भएको थियो । 

'२०१५ सालको पहिलो जननिर्वाचीत सांसदमा प्रतिपक्षी दलका नेता जो १७ सालको घटनापछि नेपाली काँग्रेसमा आवद्ध हुनुभयो भरत शमशेर राणा, नेपाली राजनीतिक इतिहासको एक ज्यूँदो जाग्दो, सशक्त र हक्की नेता हुनुहुन्थ्यो, नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँको ठूलो योगदान रहेको छ,' वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार जारी गरेको शोक वक्तव्यमा उल्लेख छ । 

काँग्रेसका एक अविस्मरणीय नेता राणाको अवसानले लोकतान्त्रिक आन्दोलनमा क्षति पुगेको भन्दै वरिष्ठ नेता पौडेलले मृतकको आत्माको चीर शान्तिको कामना सहित शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

राणाका श्रीमती, दुई छोरा र दुई  छोरी छन् । २०१५ सालमा प्रतिनिधिसभामा धादिङ निर्वाचन क्षेत्रबाट निर्वाचित गार्खा परिषद्का महामन्त्री रहेका राणाले ०१७ को पुस १ को जनविरोधी कदमपछि आफ्नो पार्टीलाई निशर्त नेपाली कांग्रेसमा विलय गराएका थिए।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।