बिहीबार, असार ३२, २०८३

ट्रिपरले लियो उमेशको ज्यान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम-ट्रिपरको ठक्करबाट धनुषामा एकजनाको ज्यान गएको छ । शनिबार दिउँसो जनकपुर-ढल्केबर सडक खण्डमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा धनुषाको धनुषाधाम उपमहानगरपालिका–५ नौंसय विघा बस्ने गुलाम दासका २६ वर्षीय छोरा उमेश दासको ज्यान गएको हो । दास मोटरसाइकलमा सवार थिए ।

क्षिरेश्वरनाथ नगरपपालिका-५ महेन्द्रनगरस्थित पुल नजिकै ढल्केबरबाट जनकपुरतर्फ आउँदै गरेको बा८ख११७० नम्बरको ट्रिपरले विपरित दिशातर्फ जाँदै गरेको उमेश सवार ज१०प ८४३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उमेशको उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ । ठक्कर दिने ट्रिपर र चालकलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ ।

ट्रिपर आतंक बढ्न थालेपछि दुर्घटना नियन्त्रणगर्न ट्राफिक प्रहरीले ढल्केबरदेखि जनकपुरसम्म टाइमकार्ड लागु गरेको छ । ढल्केबरदेखि जनकपुरसम्म करिब २९ किलोमिटर दुरी पारगर्न ट्रिपरलाई एक घण्टा समय दिइएको छ । तर, टाईमकार्ड पूर्ण रुपमा कार्यान्वयन नहुँदा ट्रिपरको गति नियन्त्रण हुन नसकेको स्थानीयहरु बताउँछन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।