आइतबार, साउन २४, २०८३

बजेट राम्रो आयो, तर कार्यान्वयनमा शंका छ : महासंघ

महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर बजेट स्वागत योग्य भएको बताएको हो।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

काठमाडौं- नेपाल राष्ट्रिय व्यवसायी महासंघले आगामी आर्थिक वर्षको बजेटको स्वागत गरेको छ। महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर बजेट स्वागत योग्य भएको बताएको हो।

बजेट स्वागत योग्य भएपनि कतिपय विषयहरु कार्यान्वयनका लागि भने जटिल देखेको महासंघले बताएको छ। महासंघका अध्यक्ष कुमार कार्कीले बजेटले औल्याएका केही विषयहरु सकारात्मक रहेको र केही कुराहरु पर्याप्त नरहेपनि समग्रमा बजेट सकारात्मक रहेकाले स्वागत गरिएको बताए।

'सरकारले करको दरमा गरेको फेरवदल तथा कृषि क्षेत्रको विकास र विस्तारका लागि बजेटमा समावेश गरिएको विषयहरु एकदमै सकारात्मक छन्, सबैभन्दा खुसीको कुरा त देशलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि बजेटमार्फत सरकारले पहलकदमीको सुरुवात गरेको छ' अध्यक्ष कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'कृषि क्षेत्रको उत्पादन वृद्धि गरी मुलुकलाई आत्मनिर्भर बनाउन गरिएको प्रयास सकारात्मक र स्वागत योग्य कुरा हो।'

सरकारले औद्योगिक विकासका लागि कर छुटको योजना अघि सारेको छ। रुग्ण स्वदेशी उद्योगहरु पुनः सञ्चालनमा ल्याउने, कच्चा पदार्थ आयात गर्न, औद्योगिक सामाग्री आयात गर्न करमा सहुलियत दिने तथा नयाँ उदोग खोल्न सहजता प्रदान गर्ने नीति सरकारले लिएको छ।

मेडिकल शिक्षा अध्ययन गर्न विदेशी विद्यार्थी भित्र्याउने योजना तथा नेपाली विद्यार्थीलाई स्वदेशमै उच्च गुणस्तीय शिक्षाको व्यवस्था गर्ने लगायतका विषयहरु स्वागत योग्य रहेको महासंघको भनाइ छ।

सरकारले स्वास्थ्य क्षेत्रलाई पनि बजेटमा राम्रै स्थान दिएको छ। सरकारले केही वस्तु तथा सेवाको आयातमा कडाइ गर्ने नीति समेत लिएको छ। विलासिताका वस्तु आयातमा कडाइ गर्नु राम्रो हो तर अत्यावश्यक वस्तुहरुमा कडाइ भने गर्न नहुने महासंघले बताएको छ। 'बजेटमा भएका सकारात्मक पक्षहरुलाई चाडो भन्दा चाडो कार्यान्वयन गर्न र नीजि क्षेत्रका मुद्दाहरुमा नेपाल राष्ट्रिय व्यवसायी महासंघसँग समेत सहकार्य गर्न सरकारसँग महासंघ जोडदार माग गर्दछ' विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: May 31, 2022| 11:13 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।