बिहीबार, असार ४, २०८३

गङ्गा दशहरा पर्वअन्तर्गत गोसाईंकुण्ड मेला सुरु

मंगलबार सुरु भएको गङ्गा-दशहराको विशेष मेला भर्नका लागि २०० भन्दा बढी भक्तजन निलाद्री पर्वतबाट गोसाइँकुण्डतर्फ लागेको प्रहरीले जनाएको छ।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

रसुवा- गंगा–दशहरा अन्तर्गत पवित्र तीर्थ गोसाईंकुण्ड यात्रा सुरु भएको छ। मंगलबार सुरु भएको गङ्गा-दशहराको विशेष मेला भर्नका लागि २०० भन्दा बढी भक्तजन निलाद्री पर्वतबाट गोसाइँकुण्डतर्फ लागेको प्रहरीले जनाएको छ।

National life

ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन चल्ने गंगा दशहरा पर्व मान्न यो वर्ष तीन हजारभन्दा बढी भक्तजन गोसाईंकुण्ड पुग्ने अनुमान गरिएको छ। 

समुद्र सतहबाट चार हजार ३८० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थ गोसाईंकुण्ड तीर्थमा एक पटक भए पनि पुगेर स्नान गर्नुपर्ने मान्यता रहेको छ।

यो पर्वमा नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, चितवनका भक्तजन गोसाईंकुण्ड पुग्ने स्थानीय समाजसेवी टंकप्रसाद आर्चायले बताए। जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले धार्मिक यात्राको सुरक्षाका लागि व्यवस्था मिलाएको जानकारी दिए।    -रासस

प्रकाशित: May 31, 2022| 10:52 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।