काठमाडौं- सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादबारे अन्तिम सुनुवाई आजबाट सुरु हुँदै छ।
वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
पोखरेलको रिटमा प्रारम्भिक सुनुवाई गर्दै वैशाख २२ मा न्यायाधीश सुष्मालता माथेमाले जेठ १७ मा पूर्ण सुनुवाइका लागी पेश गर्न आदेश गरेकी थिइन्।
न्यायाधीश माथेमाको इजलासले पोखरेलले माग गरे अनुसार अन्तरिम आदेश दिन अस्विकार गरेको थियो।