आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले कार्यकर्ताद्वारा आफ्नै जनप्रतिनिधिलाई कालोमोसो र जुत्ताको माला

एमाले कार्यकर्ताद्वारा आफ्नै जनप्रतिनिधिलाई कालोमोसो र जुत्ताको माला

कांग्रेसको पैसा खाएर पार्टीका उम्मेदवारलाई हराउने काम गरेको आरोप लगाउँदै एमाले कार्यकर्ताले कालोमोसो दलेर जुत्ताको माला लगाउँदै कुटपिट गरेका हुन्।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

काठमाडौं- चुनावमा अन्तर्घात गरेको भन्दै एमाले कार्यकर्ताले आफ्नै पार्टीका दुईजना जनप्रतिनिधिलाई कुटपिटसहित भौतिक आक्रमण गरेका छन्।

गएको स्थानीय तह निर्वाचनमा सोलुखुम्बुको सोताङ गाउँपलिका ४ मा एमालेबाट निर्वाचित वडा सदस्य सन्देश तामाङ र वडा नम्बर २ का निर्वाचित वडा सदस्य दुर्गाप्रसाद राईलाई एमाले गाउँ कमिटी बैठकमा कालोमोसो, जुत्ताको माला र कुटपिटसहित भौतिक आक्रमण भएको हुन्।

चुनावको समीक्षा गर्न डाकिएको बैठकमा तामाङ र राईलाई कांग्रेसको पैसा खाएर पार्टीका उम्मेदवारलाई हराउने काम गरेको आरोप लगाउँदै एमाले कार्यकर्ताले कालोमोसो दलेर जुत्ताको माला लगाउँदै कुटपिट गरेका हुन्। 

गाउँपालिकाको गाउँ कार्यपालिका गठनको लागि भएको निर्वाचनमा तामाङ र राई कांग्रेसको २५ हजार रुपैयाँ खाएर आफ्ना उम्मेदवारलाई हराएको आरोप एमाले कार्यकर्ताले लगाएका  छन्। 

एमाले सोताङ गाउँ कमिटी अध्यक्ष वीरबहादुर राईले विज्ञप्ति निकाल्दै सोमबार सोताङ गाउँपालिकाको गाउँ कार्यपालिका गठनको लागि भएको निर्वाचनमा राई र तामाङले पार्टी ह्वीप विपरित कांग्रेसलाई भोट हालेको आरोप लगाएका छन्।

प्रकाशित: May 31, 2022| 10:27 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।