बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा एक जना पक्राउ

बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा एक जना पक्राउ

पक्रउ पर्नेमा खोटेहाङ गाउँपालिका-७ खोटाङ बजारका २६ वर्षीय भुवनकुमार प्रधानलाई प्रहरीले पक्राउ गरेको हो।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

खोटाङ- खोटाङमा विद्यालय जाँदै गरेकी नाबालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्रउ पर्नेमा खोटेहाङ गाउँपालिका-७ खोटाङ बजारका २६ वर्षीय भुवनकुमार प्रधानलाई प्रहरीले पक्राउ गरेको हो।

National life

बालिकालाई ११ जेठ बिहान करिब ९.३० बजे बलात्कार प्रयास गरेको घटना सार्वजनिक भएपछि फरार भएका प्रधानलाई आइतबार बिहान ४.३० बजेतिर लुकिछिपी हिँडिरहेको बेला खोटाङ बजारबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए। 

बलात्कार प्रयासको क्रममा नाबालिका भाग्‍न सफल भएको प्रहरीले जनाएको छ। आरोपीविरुद्ध पीडित पक्षले कानुनी कारबाहीको माग गर्दै १३ जेठमा बाल यौन दुरुपयोगसम्बन्धी कसुरमा किटानी जाहेरी दिएको थियो।

पक्राउ परेका प्रधानविरुद्ध जिल्ला अदालतबाट बाल यौन दुरुपयोग कसुरमा सोमबार पाँच दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: May 31, 2022| 09:02 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।