शुक्रबार, असार ५, २०८३

विमान दुर्घटनाको अनुसन्धान गर्न जाँच आयोग गठन

मुस्ताङमा आइतबार भएको जहाज दुर्घटनाको अनुसन्धान गर्न सरकारले जाँच आयोग गठन गरेको छ।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

काठमाडौं– मुस्ताङमा आइतबार भएको जहाज दुर्घटनाको अनुसन्धान गर्न सरकारले जाँच आयोग गठन गरेको छ।

National life

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार वरिष्ठ एरोनटिकल इञ्जिनियर रतिशचन्द्रलाल सुमन इन्चार्ज रहने गरी ५ सदस्यीय आयोग गठन गरिएको हो। 

आयोगका सदस्यहरूमा क्याप्टेन दीपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इञ्जिनियर उपेन्द्रलाल श्रेष्ठ र वरिष्ठ मौसमविद् मणिरत्न शाक्य रहेका छन्। सदस्य सचिवमा भने सहसचिव बुद्धिसागर लामिछाने छन्। 

आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एन–एईटी कलसाइनको ट्वीनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको थियो। 

जहाजमा १३ जना नेपाली यात्रु, ६ जना विदेशी र ३ जना चालक दलसहित २२ जना सवार थिए। उनीहरु सबैको मृत्यु भएको छ। 

Shivam cement

प्रकाशित: May 30, 2022| 16:33 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।