शुक्रबार, असार ५, २०८३

रञ्जन कोइराला केन्द्रीय कारागार चलान

पत्नी हत्यामा जन्मकैद सजाय पाएर पनि जेलबाट छुटेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला केन्द्रीय कारागार नख्खु चलान भएका छन्।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

काठमाडौं– पत्नी हत्यामा जन्मकैद सजाय पाएर पनि जेलबाट छुटेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला केन्द्रीय कारागार नख्खु चलान भएका छन्।

National life

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले घटाएको सजाय सर्वोच्चको पूर्ण इजलासले बदर गरिदिएसँगै उनी पक्राउ परेर जेल पठाइएका हुन्।

जिल्ला र उच्च अदालतबाट जन्मकैदको सजाय पाए पनि सर्वोच्चबाट साढे ११ वर्ष सजाय कटौती भएपछि उनी २०७७ साउन ८ गते डिल्लीबजार कारागारबाट छुटेका थिए। 

उनी अब २०९० मंसिर १२ सम्म कारागारमा बस्नुपर्ने भएको छ। पत्नी गीता ढकालको हत्या अभियोगमा २०६८ माघमा पक्राउ परेका कोइरालालाई काठमाडौं जिल्ला अदालतले २०७१ वैशाख ७ गते दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। जिल्लाको फैसलालाई तत्कालिन पुनरावेदन अदालत पाटनले सदर गरेको थियो। त्यसविरुद्ध सर्वोच्च गएका कोइरालालाई तत्कालीन प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले २०७७ असार १५ मा साढे ८ वर्ष कैद बसे पुग्ने फैसला गरेको थियो। 

सर्वोच्चको उक्त फैसला विरुद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनको निवेदन दिएको थियो। त्यही निवेदनमाथि फैसला गर्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीशद्वय टंक मोक्तान र कुमार चुडालको पूर्ण इजलासले बिहीबार कोइरालाको जन्मकैदको सजाय घटाउने यसअघिको फैसला उल्ट्याएको थियो।

Shivam cement

सर्वोच्चको फैसलालगत्तै फरार भएका कोइरालालाई भोलिपल्ट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बानेश्वरबाट पक्राउ गरेको थियो। पक्राउ परेको तेस्रो दिन उनी केन्द्रीय कारागार चलान भएका छन्।

प्रकाशित: May 30, 2022| 16:11 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।