काठमाडौं– मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सिरानमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको छ।
खराब मौसम र अप्ठ्यारो भूगोलका कारण शव निकाल्न भने समस्या भइरहेको उद्धारकर्ताले बताएका छन्। शवहरू भीरमा छरिएकाले संकलन गर्न समस्या भएको हो। फेला परेका शवको पहिचान पनि भएको छैन।
संकलन गरिएका शवको प्रहरीले पोष्टमार्टम तथा मुचुल्का बनाउने काम गरिरहेको छ। दुर्घटनामा चालक दलका ३ सदस्यसहित २२ जनाको मृत्यु भएको छ। संकलित शव काठमाडौं ल्याउने तयारी छ।
हिजो बिहान पोखराबाट जोमसोमका लागि उडको तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परेको हो।