शुक्रबार, असार ५, २०८३

रगत अभाव देखिन थालेपछि वीरगञ्जमा रगत संकलन अभियान

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रका अनुसार केन्द्रमा हरेक समूहको रगतको अभाव देखिन थालेपछि विभिन्न संघसंस्थाको सहकार्यमा रक्तदानमार्फत संकलन अभियान थालिएको हो।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

पर्सा- पर्साको वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा पछिल्लो पटक मागको अनुपातमा रगत अभाव देखिन थालेपछि यसको माग सहज गर्न संकलन अभियान थालिएको छ।

National life

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रका अनुसार केन्द्रमा हरेक समूहको रगतको अभाव देखिन थालेपछि विभिन्न संघसंस्थाको सहकार्यमा रक्तदानमार्फत संकलन अभियान थालिएको हो। 

केन्द्रमा मौज्दात रगत सकिँदा जटिल र गम्भीर रोगका बिरामीको उपचारमा समस्या देखिन थालेपछि यस्तो रगत संकलन अभियान थालिएको छ। वीरगञ्जमा मात्रै दैनिक ४०-५० पिन्टसम्म रगतको माग भएको देखिन्छ। 

अहिले केन्द्रमा रगत माग गर्न आउनेसँग सोधभर्ना बापत रगत लिएर रगत दिने काम भइरहेको छ भने आवश्यकता अनुसार विभिन्न संघसंस्थाको सहकार्यमा रक्तदान अभियान सञ्चालन गरिँदै आएको हो।

रक्तदान कार्यक्रम आयोजना गर्ने सामाजिक संघसंस्था र राजनीतिक दल स्थानीय तह निर्वाचनमा व्यस्त भएको कारण पछिल्लो पटक पर्सा र बारामा कुनै पनि ठूलो रक्तदान कार्यक्रम नहुँदा रगत अभियान देखिएको थियो।

Shivam cement

प्रकाशित: May 30, 2022| 14:20 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।