शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशको अधिकांश भूभागमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशको अधिकांश भूभागमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

मधेश प्रदेशका थोरै भूभागमा हल्कादेखि मध्यम वर्षा र प्रदेश नं १ बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरिसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

काठमाडौं- देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ।

National life

जल तथा मौसम पूर्वानुमान महाशाखा विभागका अनुसार नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण प्रदेश नं एक, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै  स्थानमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरिसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

उक्त प्रणालीको प्रभाव अझै केही दिन कायम रहने बताइएको छ। रातिको समयमा प्रदेश न १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। मधेश प्रदेशका थोरै भूभागमा हल्कादेखि मध्यम वर्षा र प्रदेश नं १ बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरिसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 

मंगलबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरिसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रकाशित: May 30, 2022| 14:02 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।