काठमाडौं– प्रधानमन्त्री केपी ओलीले डा गोविन्द केसीलाई शनिबार बालुवाटार बोलाएका छन् ।
केसीसँग भएको नौ बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल गर्न उनलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाइएको हो। केहीबेरमा प्रधानमन्त्री र केसीबीच छलफल हुँदैछ ।
चिकित्सा क्षेत्रमा विभिन्न सुधारको माग राखेर केसी २७ दिन अनशन बसेका थिए। उनको माग पूरा गर्न सरकारले नौ बुँदे सहमति गरेको थियो। संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकमा सरकारले संशोधनमार्फत् केसीका माग सम्बोधन गर्ने तयारी गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४