आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति राष्ट्रपतिको श्रद्धाञ्जली

विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति राष्ट्रपतिको श्रद्धाञ्जली

राष्ट्रपति विद्यादेवी भण्डारीले तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन्।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत् राष्ट्रपति भण्डारीले दुर्घटनामा मृत्यु हुने चालक दलका सदस्य तथा यात्रुहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेकी हुन्।

‘यही जेठ १५ गते तारा एयरको विमान दुर्घटनामा जीवन गुमाउने चालक दलका सदस्य तथा यात्रुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्। सुरक्षित हवाई यात्रा सुनिश्चित गर्न संस्थागत एवं प्राविधिक सुधारका लागि सम्बद्ध निकायको ध्यान आकृष्ट  गराउन चाहेको उनले बताएकी छन्।

आइतबार पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परेको थियो। विमान चालक दलका तीन सदस्यसहित १९ यात्रु सवार थिए।

प्रकाशित: May 30, 2022| 13:14 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।