शुक्रबार, असार ५, २०८३

भारतमा पञ्जाबी गायक सिद्धुको गोली हानी हत्या

पञ्जाबी गायक तथा कांग्रेस नेता सिद्धु मुसेवालाको गोली हानी हत्या गरिएको छ। पञ्जाबको मानसामा गोली हानी हत्या गरिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

काठमाडौं- पञ्जाबी गायक तथा कांग्रेस नेता सिद्धु मुसेवालाको गोली हानी हत्या गरिएको छ। पञ्जाबको मानसामा गोली हानी हत्या गरिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। 

National life

मानसाका एसएसपी गौरव तोराले सिद्धुको हत्या बारे पुष्टि गरेका छन्। मानसाका सिभिल सर्जन डा. रञ्जित सिंहले सिद्धुसहित तीन जनालाई अस्पताल ल्याइएकोमा अस्पताल पुर्‍याउनुअघि नै सिद्धुको मृत्यु भइसकेको बताए।

अन्य घाइतेलाई पटियालाको राजेन्द्र अस्पतालमा रिफर गरिएको छ। सिद्धु मुसेवालाको शरीरमा चारदेखि पाँचवटा गोलीका निशानहरू भेटिएको र उनको छाती र तीघ्रामा गोली लागेको छ।

बठिन्डा रेन्जका आईजी शिवकुमार वर्माले प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको बताए।

प्रकाशित: May 30, 2022| 11:19 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।