आइतबार, साउन २४, २०८३

जहाज दुर्घटनाप्रति स्तब्ध छौं : तारा एयर

तारा एयरले दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएकोप्रति स्तब्ध भएको जनाएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै तारा एयरले जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको भन्दै दु:ख व्यक्त गरेको हो।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

काठमाडौं-  तारा एयरले दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएकोप्रति स्तब्ध भएको जनाएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै तारा एयरले जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको भन्दै दु:ख व्यक्त गरेको हो।

आइतबार बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी जहाज मुस्ताङको घोडेपानीबाट जोमसोम टावरसँग अन्तिमपटक सम्पर्क  भएको थियो।

तारा एयरले जहाज दुर्घटनाग्रस्त अवस्थामा १४ हजार ५०० फिटको उचाइमा मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भीरमा भेटिएको जनाएको छ। जहाजमा ३ जना चालक दलका सदस्य र १९  यात्रु गरी २२ जना थिए।

सोमबार बिहानैदेखि हवाई तथा स्थलमार्गबाट खोजी गर्दा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। 

विमान दुर्घटनास्थलमा पुगेर नेपाली सेना र स्थानीयको टोलीले उद्धार कार्य सुरु गरेको छ। दुर्घटनामा परी मृत्यु भएकाहरूको उद्धारका लागि तीन जना नेपाली सेना र चार जना स्थानीयको टोलीले उद्धार कार्य सुरु गरेको हो।

घटनास्थलमा उनीहरूलाई उतारेपछि उद्धार तथा शव संकलन थालिएको छ। उद्धारमा जुटेकाले घाइतेहरूको खोजी गरे पनि कसैलाई नभेटेकोको बताएका छन्।

प्रकाशित: May 30, 2022| 11:09 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।