दाङ- दाङको देउखुरीमा मिनी ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती गाउँपालिका-४ खिनैटा निवासी करिब ५२ वर्षीय बल्लु गिरी रहेको प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन्।
राप्ती गाउँपालिका–४ श्रीनारायण चोकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको लुअअजे ७००३ नम्बरको मिनी ट्रकको ठक्कर दिएको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको , ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।