आइतबार, साउन २४, २०८३

मृगलाई हानेको गोली लागेर एक जनाको मृत्यु

प्युठानको ऐरावती गाउँपालिका-१ स्थित दाङवाङमा मृगलाई हानेको गोली लागेर एक जनाको ज्यान गएको छ।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

काठमाडौं- प्युठानको ऐरावती गाउँपालिका-१ स्थित दाङवाङमा मृगलाई हानेको गोली लागेर एक जनाको ज्यान गएको छ। शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको हो। 

दोबाटो सामुदायिक वनको डाँडाथरीमा शिकार खेल्ने क्रममा २४ वर्षीय ज्ञानबहादुर नेपालीले मृगलाई हानेको गोली लागेर ३४ वर्षीय द्रोण आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ

नेपालीसहित आइतबार बेलुका शिकार खेल्न गएका १० जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट दुई नाल भरुवा बन्दुक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

अन्य चार जना अझै फरार रहेको र उनीहरूको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित: May 30, 2022| 10:54 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।