शुक्रबार, असार ५, २०८३

तारा एयर दुर्घटना : मृतकको शव काठमाडौं ल्याइने

पोखराबाट जोमसोमका लागि उडेको २२ जना सवार जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन भएको थियो। उक्त जहाज मुस्ताङको थासाङ गाउँपालिका-२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा सोमबार भेटिएको हो।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

काठमाडौं- तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने भएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। 

National life

पोखराबाट जोमसोमका लागि उडेको २२ जना सवार जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन भएको थियो। उक्त जहाज मुस्ताङको थासाङ गाउँपालिका-२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा सोमबार भेटिएको हो। 

स्थानीयले दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटाएपछि नेपाली सेनासहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोली घटनास्थल पुगेको थियो। अहिले शवको पहिचान, सामान सङ्कलनको काम भइरहेको छ।

दुर्घटनामा धनुषाको मिथिला नगरपालिका-११ का एकै परिवारका ७ जना परेका छन्। ४२ वर्षीय राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ थिए। उनी मुक्तिनाथ दर्शनका लागि विमानमार्फत् पोखराबाट जोमसोम जाँदै थिए।

विमानमा गोरखाका अर्को एक परिवारका चार जना सवार रहेको पाइएको छ। गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ५ तीनमानेका एकै परिवारका चार जना भएको वडाध्यक्ष यमबहादुर रानामगरले जानकारी दिए। 

Shivam cement

‘विमान दुर्घटना भएको समाचार आएको छ। विमानमा रहेकामध्ये ४ जना यसै गाउँपालिकाका एकै परिवारका सदस्य हुन्,' वडाध्यक्ष रानामगरले नेपाल समयसँग भने, 'शनिबार मात्रै उनीहरू मुस्ताङ जाने भनेर पोखरा गएका रहेछन्।’

वडाध्यक्ष रानामगरका अनुसार बुबा गणेशनारायण श्रेष्ठ, आमा रश्मि श्रेष्ठका साथै दुई छोरी रोजिना र रविना बेपत्ता विमानमा सवार थिए। उनीहरूले पोखरा हुँदै मुस्ताङ जाने खबर आफन्तलाई जानकारी गराएका थिए। ‘५ जनाको परिवार थियो। दुई छोरीहरु रविना र रोजिना वैशाख ३० गते मात्रै अमेरिकाबाट आएका थिए,' रानामगरले भने, 'अर्का छोरा पनि अमेरिकामा नै छन्।'

भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा आफू वडाध्यक्षमा निर्वाचित भएपछि गणेशले फोन गरेर बधाई दिएको समेत रानामगरले स्मरण गरे। 'छोरीहरुलाई घुमाउन लैजानु छ भनेर उनी हिजो मात्रै पोखरा गएका थिए,' रानामगरले भने। 

जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक थिए।  

दुर्घटनामा परेको विमानमा रहेका चालक दलका सदस्य र यात्रुहरु

चालक दल 

१. क्याप्टेन प्रभाकर घिमिरे

२. उत्सव पोखरेल

३. एयर होस्टेज क्रिस्टी थापा

यात्रुहरु

१. बान्देकर वैसवी

२. ईन्द्रबहादुर गोले

३. पुरुषोत्तम गोले

४. राजनकुमार गोले

५. मेइक ग्रीटग्राफ

६. वसन्त लामा

७. गणेश नारायण श्रेष्ठ

८. रवीना श्रेष्ठ

९. रश्मी श्रेष्ठ

१०. रोजिना श्रेष्ठ

११. प्रकाश सुनुवार

१२. मकरबहादुर तामाङ

१३. राममाया तामाङ

१४. सुकुमाया तामाङ

१५. तुलसादेवी तामाङ

१६. अशोककुमार त्रिपाठी

१७. धनुश त्रिपाठी

१८. ऋतिका त्रिपाठी

१९. वी विलनर 

प्रकाशित: May 30, 2022| 10:19 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।