बिहीबार, असार ३२, २०८३

मेलिनियाका अभिभावकले पाए अमेरिकी नागरिकता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वासिङटन- राष्ट्रपति डोनाल्ड ट्रम्प पत्नी मेलिनिया ट्रम्पका अभिभावकले अमेरिकी नागरिकता पाएका छन्। 

सोलभेनियाका नागरिक रहेका मेलिनियाका अभिभावक भिक्टोर र अमलिजा नभ्सले अमेरिकी नागरिकको सपथ लिएको उनीहरुको आप्रवासी अधिवक्ता माइकल वाइल्ड्सले जनाएका छन्। 

उनले नभ्सलार्इ नागरिकताको प्रकृया पुरा गर्न कति समय लाग्छ भन्ने कुरा खुलाएका छैनन् । ४८ वर्षिया अमेरिकी पहिलो महिला मेलिनियाले उनीहरुको स्थायी बसोबासको प्रबन्ध मिलाएको पनि छैन। 

राष्ट्रपति ट्रम्पले आप्रवासनसम्बन्धी कडा निति लिएका थिए। तर, मेलिनियाको पहलमा उनका अभिभावकलार्इ सहजरुपमा नागरिकता दिएपछि ट्रम्पको चौतर्फी आलोचना भइरहेको छ। 

भिक्टोरले सोलभिनियामा कार सेल्सम्यानको काम गर्थे भने अमलिजाले टेक्सटाइल फ्याक्ट्रीमा काम गर्थिन्। उनीहरु दुवै ७० वर्षभन्दा बढी उमेरका उनीहरुले जिवनको अधिकांश उमेर छोरी मेलिनिया र नाती बरोनसँग अमेरिकामा नै बिताएका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।