आइतबार, साउन २४, २०८३

उदयपुरमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु

उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौटे खोलानजिक सोमबार बिहान ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

विराटनगर- उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौटे खोलानजिक सोमबार बिहान ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। 

मकवानपुरको हेटौंडाबाट हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतिर जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको लोबेड ट्रक शिद्धिचरण लोकमार्गअन्तर्गत कच्ची सडकखण्डमा बिहान २:३० बजेतिर दुर्घटनामा परेको हो। 

दुर्घटनामा ट्रकका चालक बाराको सिमरा-१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा-१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाले जानकारी दिए। उनका अनुसार चालक निदाएका कारण दुर्घटना भएको पाइएको छ। 

घटनास्थलबाट शव उठाएर पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको एसपी खतिवडाले बताए।


प्रकाशित: May 30, 2022| 08:10 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।