काठमाडौं- नेपाली सेनाले उद्धार टोलीले हराइरहेको तारा एयरको विमान फेला परेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फत नेपाली सेनाको उद्धार टोलीले हराइरहेको तारा एयरको विमान फेला पारेको जनाएका छन्।
खोजी र उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको र यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताए। तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार बिहानैबाट पुन: सुरु गरिएको थियो। टोलीमा नेपाली सेनासँगै सशस्त्र प्रहरीको टोली पनि सम्मिलित रहेको थियो।
पोखराबाट जोमसोम जाने क्रममा तारा एअरको ९ एनएईटी ट्विनअटर आइतबार बिहान बेपत्ता भएको थियो। विमानमा चालक दलका तीन सदस्यका साथै १९ जना यात्रु गरी २२ जना सवार थिए।