शुक्रबार, असार ५, २०८३

सम्पर्कविहीन तारा एअरको विमानको पुन: खोजिकार्य सुरु

आइतबार बिहानदेखि बेपत्ता तारा एअरको जहाजको सोमबार बिहानैदेखि खोजीकार्य थालिएको छ।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

काठमाडौं- आइतबार बिहानदेखि बेपत्ता तारा एअरको जहाजको सोमबार बिहानैदेखि खोजीकार्य थालिएको छ।

National life

आज बिहानैबाट फेरि खोजीकार्य सुरु गरिएको बताइएको छ। नेपाली सेनाले मानापाथी हिमालको पहिरोमा विमान भेट्ने आशासहित आज बिहानैदेखि खोजी गर्ने भएको छ। 

मौसम प्रतिकूलताका कारण आइतबार दिनभरको प्रयास असफल भएपछि खोजी कार्य स्थगित गरिएको थियो। सम्पर्कविहीन विमान आइतबार नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारीहरूले खोजीकार्य गरेका थिए। 

पोखराबाट जोमसोम जाने क्रममा तारा एअरको ९ एनएईटी ट्विनअटर आइतबार बिहान बेपत्ता भएको थियो। विमानमा चालक दलका तीन सदस्यका साथै १९ जना यात्रु गरी २२ जना सवार थिए।

प्रकाशित: May 30, 2022| 07:00 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।