बिहीबार, असार ३२, २०८३

सूर्य छुन पहिलोपटक उड्यो अन्तरिक्षयान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फ्लोरिडा- नेशनल एरोनेटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले पहिलो पटक सूर्यमा अन्तरिक्षयान पठाउने तयारी गरेको छ। अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने संस्था नासाको केनेडी स्पेस सेन्टर फ्लोरिडाले शनिबार बिहान ३:३३ बजे सूर्यलार्इ छुने गरी पहिलो अन्तरिक्षयान पठाएको हो। 

क्यापे क्यान्भेरल एयर फोर्स स्टेसन फ्लोरिडाबाट पार्कर सोलार प्रोब नामक अन्तरीक्षयानले आफ्नो यात्रा तय गरेको छ। जुन इतिहासमै पहिलोपटक सूर्यसम्म पुग्नेछ। 

'कयौं इन्जिनियर र वैज्ञानिकहरुको आठ वर्षको निरन्तरको संघर्षको परिणाम आज पहिलोपटक सूर्य छुन पार्करको सफल उडान भयो', अडाम स्जबो, पार्करका लागि काम गरिरहेका गोड्डार्ड स्पेस फ्लाइट सेन्टर ग्रिनवेल्ट म्यारील्यान्डका वैज्ञानिकले भने। 

उडामका अनुसार सूर्यको तापबाट पार्करलार्इ जोगाउन बाहिरी पत्रमा ११.४३ सेन्टीमिटरको बाक्लो अति-शक्तशाली तापको लेप लगाइएको छ।

कार आकारको रहेको यो अन्तरिक्ष सूर्यको सतहबाट ४० किलोमिटरको दूरीसम्म जानेछ। मानव निर्मित यो अन्तरिक्षयान अहिलेसम्म निमार्ण भएको अन्तरिक्षयानमा सूर्यको सबैभन्दा नजिक गएर राम्ररी अध्ययन गर्नेछ। 

सूर्य पृथ्वीबाट करिब १४९.६ मिलियन किलोमिटर टाढा छ। सौर्य हावाहरूका बारेमा अनुमान गर्ने युगिन पार्करको नाममा यो मिसन चलाइएको हो। कुनै जीवित व्यक्तिको नाममा चलाइएको यो पहिलो मिसन हो। 

पार्कर सोलर प्रोबले सूर्यको बाहिरी वातावरण खोज्नेछ र ताराहरूको फिजिक्सका बारेमा उठेका प्रश्नहरूको जवाफ दिनका लागि सूक्ष्म निरीक्षण गर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।