शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्रोत नखुलेको साढे चार लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको साढे चार लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ

महोत्तरीबाट स्रोत नखुलेको भारतीय रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको पानावेला ग्रामपञ्चायत–१३ का २२ वर्षीय जिशान शेख रहेका छन्।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९
National life
Shivam cement

जनकपुरधाम- महोत्तरीबाट स्रोत नखुलेको भारतीय रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको पानावेला ग्रामपञ्चायत–१३ का २२ वर्षीय जिशान शेख रहेका छन्।

आइतबार बिहान शेखलाई सम्सी गाउँपालिका–६ स्थित मस्जिदनजिक भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई चेकजाँच गर्दा प्लाष्टिकमा बेरिएको अवस्थामा भारतीय रकम फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले शेखलाई ५ सयको भारतीय नोट ८९६ थान र २ हजारको नोट १ थान गरी ४ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरिएको बताए। बरामद गरिएको रकमसहित युवकलाई आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको उनको भनाइ छ।

प्रकाशित: May 29, 2022| 21:14 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।