बिहीबार, असार ३२, २०८३

रहेनन् साहित्यकार दाहाल यज्ञनिधि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मस्तिष्कघातबाट थलिएका वरिष्ठ साहित्यकार दाहाल यज्ञनिधिको शुक्रबार साँझ निधन भएको छ। दुई दशकअघि मिर्गौला प्रत्यारोपण गरिएका ६५ वर्षिय दाहालको राजधानीको सेमेरु अस्पतालमा शुक्रबार साँझ धापाखेलस्थित सुमेरु अस्पतालमा निधन भएको उनको पारिवारिक श्रोतले जनाएको छ। 

बुधबार नियमित डाइलसिसका लागि ट्याक्सी चढेर राष्ट्रिय मृर्गौलारोग उपचार केन्द्रमा पुगेका दाहाललाई त्यहाँ समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालको इमर्जेन्सिमा भर्ना गरिएको थियो। न्यूरो अस्पतालको आइसियुमा राखेर दुई दिन उपचार गरिएपछि शुक्रबार उनलाई सेमेरु अस्पताल रिफर गरिएको थियो। 

गत बुधबार डायलायसिस गर्ने क्रममा बेहोस भएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखिएको थियो।

मस्तिष्कघातका कारण उनी मण्डिखाटारस्थित निवासमा लडेका थिए। रेडियो नेपालका चर्चित कार्यक्रम प्रस्तोता दाहाल २०१० सालमा खोटाङमा जन्मेका थिए। 

उनले चलाएको रेडियो नेपालको साहित्य संसार कार्यक्रम प्रसिद्ध थियो। 

विसं २०३६ सालमा रेडियोमा चल्दै आएको साहित्यिक कार्यक्रमको नाम परिवर्तन गरी साहित्य संसार राखेर चलाउन थालेका दाहाल यज्ञनिधिले २०५६ सालसम्म निरन्तर रुपमा उक्त कार्यक्रम चलाएका थिए। 

दाहालले नेपाली गीत–संगीतका साथै साहित्यिक लेख, साहित्य समीक्षा, समालोचना, अन्तर्वाता र रेडियो प्रसारणमार्फत नेपाली साहित्यको विकासमा टेवा पुर्‍याएका छन्। तत्कालीन समयमा कथित तल्लो जातका मानिसहरूले प्रयोग गरिने अभिवादन ‘जदौ’ शव्दको सर्वव्यापी प्रयोगलाई उनले व्यापकता दिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।