शुक्रबार, असार ५, २०८३

मोरङको महेशपुरमा एक जनाको शव फेला

कटहरी गाउँपालिका-१ महेशपुरमा आइतबार बिहान कटहरी-२ आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठको शव फेला परेको हो।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९
National life
Shivam cement

मोरङ- मोरङको कटहरिमा एक जनाको शव फेला परेको छ। कटहरी गाउँपालिका-१ महेशपुरमा आइतबार बिहान कटहरी-२ आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठको शव फेला परेको हो।

शवमा चोट पटक भएका कारण हत्या गरेर फ्यालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। सडक छेउको नाली नजिकै बाँझो खेतमा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।

उनका अनुसार शवको निधारको भागमा चोट छ। खेतमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।प्रहरीले घटनाको तालिम प्राप्त कुकुरसमेत परिचालन गरी घटनाको अनुसन्धान सुरु गरेको छ।

प्रकाशित: May 29, 2022| 09:56 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।