काठमाडौं- ओखलढुंगाको सिद्धिचरण नगरपालिका-२ ठुलाछापमा पुरानो पानी ट्याङकीभित्र एक नवजात शिशुको शव फेला परेको छ।
बोराभित्र पोको पारेर टयांकीमा फालिएको अवस्थामा सालनालसहितको शिशुको शव फेला परेको प्रहरीले जनाएको छ।
शनिबार बिहान बोराभित्र शिशुको शव भेटिएको भनेर प्रहरीलाई खबर प्राप्त भएको र प्रहरी घटना स्थल पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको प्रमुख प्रहरी कार्यालय ओखलढुंगाका नायव उपरीक्षक शुकदेव खनालले जानकारी दिए।
शिशुको शव झन्डै ३–४ दिन अघिको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।