काठमाडौं- दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षक र कर्मचारीलाई राजनीति गर्न निषेध गरेको छ। जेठ १३ मा बसेको गाउँ कार्यकालिकाको बैठकले शिक्षक र कर्मचारीको राजनीतिक दलसँगको आवद्धता निषेध गर्ने निर्णय गरेको छ।
गाउँपालिकाभित्र रहेका शिक्षक र कर्मचारीले सात दिनभित्र आफूले राजनीतिक दलसँगको आवद्धता त्यागेको विवरण पेश गर्न गाउँपालिकाले निर्देशन दिएको छ।
अन्यथा कानुनबमोजिम कारबाही हुने गाउँपालिकाले जनाएको छ।