शुक्रबार, असार ५, २०८३

मोरङको बेलबारीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

शनिबार राति मोरङको बेलबारी-१० भाउन्नेमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

विराटनगर- शनिबार राति मोरङको बेलबारी-१० भाउन्नेमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

National life

को१०प ३५९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए। उनका अनुसार पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३८८७ नम्बरको बस र सडकमा रोकेर राखेको को२त ८५५९ नम्बरको ट्याक्टरमध्ये कुन सवारीसाधनमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो भन्ने यकिन भइसकेको छैन। 

दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका-११ का २५ वर्षीय राजेश धिमाल र पछाडि सवार २४ वर्षीय अनिल चौधरीको मृत्यु भएको छ। 

घाइते दुवैको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ६ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: May 29, 2022| 07:31 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।