आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशका तीन प्रदेशमा बिहानैबाट, कस्तो रहला दिनभरको मौसम?

देशका तीन प्रदेशमा बिहानैबाट, कस्तो रहला दिनभरको मौसम?

तीनवटा प्रदेशमा आज बिहानैबाट वर्षा भइरहेको छ। वाग्मती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- तीनवटा प्रदेशमा आज बिहानैबाट वर्षा भइरहेको छ। वाग्मती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ। 

प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही  स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ् तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार आज राति प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको विभागले जानकारी दिएको छ।

प्रकाशित: May 29, 2022| 06:44 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।