काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिम थाइल्यान्डको यु-२३ टिमसँगको आफ्नो दोस्रो अभ्यास खेलमा पराजित भएको छ। नेपाल थाइल्यान्डसँग ४-० ले पराजित भएको हो।
पहिलो हाफ १-० ले पछि परेको नेपाल दोस्रो हाफमा थप तीन गोल खान पुग्यो। थाम्मासत युनिभर्सिटीको मैदानमा भएको खेलमा नेपाल खेलको २७ औं मिनेटमा गोल खान पुगेको थियो।
नेपाल आफ्नो पहिलो अभ्यास खेलमा स्थानिय टोली पुलिस टेरोको ‘बी’ टिमसँग १-० ले पराजित भएको थियो। पहिलो अभ्यास खेलको ३९ औं मिनेटमा सुमन अर्यालले आत्मघाती गोल गरेपछि नेपाली युथ टोली पराजित हुन पुगेको थियो।
नेपाली टोली एक साताअघि थाइल्यान्ड पुगेको थियो। थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछन्। एसियन गेम्स अगष्ट १४ देखि सेप्टेम्बर १ सम्म हुनेछ। एसियन गेम्समा समूह ‘डी मा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४