काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अमेरिकाको नक्कली भिसा बनाई ठगी गर्ने काठमाडौं डिल्लीबजार २७ बर्षिय प्रशन्न खातीलाई पक्राउ गरेको छ।
विभिन्न प्रविधी मार्फत अमेरीकीदुतावास काठमाडौंले जारीगर्ने भिषाका हुबहु कपि बनाई ठगिगरेको सिआईबीले जनाएको छ।
उनिविरुद्ध हालसम्म तिनजना पिडीतले उजुरी दिएका छन्। खातीले अमेरीकाबाट प्रशारीत हुने टलिभीजन डिस्कभरीमा च्यानल टेलिभिजनको कर्मचारी भएको नक्कली परिचय पत्र देखाई अमेरीकाको भिषा लगाईदिने भन्दै जनहि २० लाख भन्दा बढि रकम लिएको पडितले बताएका छन।
खाती र उनका सहयोगीले अमेरीकी सहयोग नियोग युएसआईडी तथा द कार्टर सेन्टर लगाएतका संस्थाबाट दिईने बिभिन्न परियोजनाकबट ११ करोड दिलाईदिने भन्दै बिभिन्न ब्याक्तीबाट जनहि २५ लाख भन्दा बढि ठगि गरको सिआईबीले जनाएको छ।
खातीले विभिन्न केमीकलको प्रयोबाट नक्कली अमेरीकी डलर तथा पाउन्ड स्टर्लिङका नोट तयार गर्ने गरेको खुलेको छ।
उनको साथबाट नक्कली परिचय पत्र बिभिन्न स्वदेसी तथा बिदेसी बैङ्कको नक्कली स्ट्याम्प, नक्कली वारकोड लगाइतका समाम बरामद भएको सिआइबीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४