आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल मानव धर्म सेवा समितिको आयोजनामा 'महान सत्सङ्ग समारोह'

नेपाल मानव धर्म सेवा समितिको आयोजनामा 'महान सत्सङ्ग समारोह'

नेपाल मानव धर्म सेवा समितिको आयोजनामा ‘महान सत्सङ्ग समारोह २०७९’ आयोजना भएको छ। कोरोना महामारीको तीन वर्षपछि समितिले काठमाडौंमा सत्सङ्ग समारोह आयोजना भएको हो।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

काठमाडौं– नेपाल मानव धर्म सेवा समितिको आयोजनामा ‘महान सत्सङ्ग समारोह २०७९’ आयोजना भएको छ। कोरोना महामारीको तीन वर्षपछि समितिले काठमाडौंमा सत्सङ्ग समारोह आयोजना भएको हो। 

सत्सङ्ग समारोहमा अन्तर्राष्ट्रिय आध्यात्मिक व्यक्तित्व विभूजी महाराजले मानव जीवनमा अध्यात्मको के महत्व छ र जीवनलाई कसरी सहज बनाउन सकिन्छ भनेर प्रवचन दिएका थिए।

उनले ब्रह्माण्डलाई सम्झन गाह्रो भए पनि आफूभित्र भएको त्यो चेतनालाई सम्झनुपर्ने बताए। उनले भने, ‘जहाँ संसार छ, त्यहाँ संसारको बन्धन छ। तर हामी त्यो बन्धन भन्दा बाहिर निस्कने प्रयास गर्नुपर्छ। यदि संसारमा मोह नहुने भए हामी पनि खुशी खुशी संसार छोडेर जाने थियौं।’ 

हरेक मानिस संसारको मोहमा मस्त रहेको बताउँदै उनले थपे, ‘धेरै मानिसले सबै दुःख कम होस् भन्ने चाहन्छन्। तर यसका लागि सही प्रयास गर्दैनन्। मानिसको सबैभन्दा ठूलो समस्याको कारण मन हो। त्यसैले महान पुरुषहरूले देखाएको बाटोमा लाग्नुपर्छ। हामीले भर्खरै कोरोनाका करण धेरै नै दुःख पायौं तर अब त्यसलाई बिर्सिएर जीवनलाई नयाँ तरिकाबाट शुरु गर्नुपर्छ। सन्त महात्माहरूले ज्ञान भक्ति र कर्मको त्रिवेणिद्वारा मानव जीवनलाई सहज सरल र आनन्ददायक बनाउनुपर्छ।’

सत्संग कार्यक्रममा सङ्गम श्रुति साङ्गीतिक समूहले आफ्नो प्रस्तुति दिनुको साथै बालसभाका बालबालिकाले नृत्य, नाटक प्रस्तुत गरेका थिए। कार्यक्रममा तीन हजार भन्दा बढी भक्त समुदायको उपस्थिति रहेको आयोजकले जनाएको छ।





प्रकाशित: May 28, 2022| 20:02 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।