बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'महिला अधिकारका सवालमा स्वास्थ्य र गृह मन्त्रालयबीच नै विवाद

'महिला अधिकारका सवालमा स्वास्थ्य र गृह मन्त्रालयबीच नै विवाद

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले महिला अधिकारका सवालमा सरकारका दुर्इ मन्त्रालयले फरक-फरक रुपमा 'डील' गरिरहेको बताएका छन्। 

नेपाल महिला संघ काठमाडौंले शुक्रबार आयोजना गरेको ‘संघको ७१ औँ स्थापना दिवस तथा तिजको शुभकामना आदानप्रदान कार्यक्रम’मा कांग्रेस पूर्वमहामन्त्री सिंहले सरकारका मन्त्रीहरुबीच नै समन्वय नभएको भन्दै महिलाको बिषयमा सरकारको धारणा अस्पस्ट भएको बताएका हुन्। 

उनले भने, 'स्वास्थ्य मन्त्रालयले ल्याउन लागेको विधेयकमा शिशुको जन्मदर्ता आमाले सनाखत गरे पुग्ने प्रस्ताव गरिएको छ भने गृह मन्त्रालयले नागरिकता लिँदा बाबुको नाम उल्लेख गर्नु पर्ने प्रस्ताव  गरेको छ। यसरी एकै विषयमा दुर्इ मन्त्रालय बाझिंदा सरकारले महिलाको अधिकारलार्इ खुम्च्याउने खेल खेलिरहेको स्पष्ट हुन्छ। सिंहले थपे, ‘यो सरकारको महिलाको सन्दर्भमा उदेश्य वा नीति के हो भन्ने स्पस्ट छैन।’

उनले देशमा भएका राजनीतिक परिवर्तनमा महिलाको भूमिका महत्वपूर्ण भएको भन्दै सिंहले महिला संघले स्थापना कालदेखि उठाउँदै आएका मुद्दालाई समयानुकुल परिमार्जन गर्दै महिलाको समग्र व्यक्तित्व विकास र उत्थानका लागि संगठन विस्तार गर्दै लैजानुपर्ने बताए। 

संविधानभित्र रहेका महिलाका हक अधिकारलाई अध्ययन गरेर कमी कमजोरी भए सच्याउँदै संविधान कार्यान्वयनका लागि नेपाल महिला संघले नेतृत्व लिनुपर्ने जनाए। उनले वर्तमान सरकार महिलाको हक अधिकारप्रति गम्भीर नभएको आरोप लगाउँदै संविधानअनुसार कानुन बनाउन सरकार आलटाल गरेको आरोप लगाए। 

काँग्रेस केन्द्रीय सदस्य कमला पन्तले नेपालको राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो योगदान रहेपनि संसद र पार्टीभित्र महिलाको अहिलेसम्म उचित स्थान पाउन नसकेको गुनासो गरिन्। 

काँग्रेस केन्द्रीय सदस्य डा डिला संग्रौलाले नेपाली महिलाको हक हित, सशक्तिकरण, जागरण, सामाजिक रुपान्तरणमा महिलाहरुको ठूलो योगदान रहेको बताइन्।
 
काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले काँग्रेसको हरेक संगठनमा ५० प्रतिशत महिला सहभागीता बनाउनुपर्नेमा जोड दिइन्। नेपाली काँग्रेसको भ्रातृ संस्थाको रुपमा रहेको महिला संघको स्थापना विस २००४ सालमा मंगलादेवी सिंहको नेतृत्वमा भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।