शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महिनावारी महिलाको मातृत्व क्षमताको पहिचान हो : मन्त्री भुसाल

महिनावारी महिलाको मातृत्व क्षमताको पहिचान हो : मन्त्री भुसाल

अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा एक्पोज नेपालले आज आयोजना गरेको जनचेतनामूलक साइकल यात्रा समापन गर्दै उनले विगतमा जनचेतना नहुँदा महिलाले विभेद भोग्नुपरेको उल्लेख गरिन्।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

ललितपुर- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महिनावारी महिलाको मातृत्व क्षमताको पहिचान भएको बताएकी छन्। अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा एक्पोज नेपालले आज आयोजना गरेको जनचेतनामूलक साइकल यात्रा समापन गर्दै उनले विगतमा जनचेतना नहुँदा महिलाले विभेद भोग्नुपरेको उल्लेख गरिन्।

National life

मन्त्री भुसालले महिलाको स्वास्थ्यमा सबै तहका सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याएकी छन्। 'महिलाको जैविक बनावटको सम्मान गरौँ, महिला स्वाथ्यका विषयमा संघ, प्रदेश र स्थानीय सरकारको सहकार्य आवश्यक छ', उनले भनिन्, 'यो गर्वको कुरो हो तर पाप र अपराध होइन, महिलाको मातृत्व क्षमताको पहिचान हो।' मन्त्री भुसालले महिनावारीका समयमा महिलालाई सफा र स्वच्छ राख्नुपर्ने भएकाले त्यसका लागि सफा, स्वच्छ, पुनः प्रयोग गर्न मिल्ने प्याड  प्रयोग गर्नुपर्नेमा जोड दिइन्। 

उनले समाज विकासका क्रममा महिलाका विषयमा पनि चेतनास्तर बढ्दै गएकाले अबका दिनमा चेतनास्तर प्रवर्द्धन गर्दै जानुपर्ने  आवश्यकता औँल्याइन्।

आयोजक संस्थाका अध्यक्ष ज्ञान महर्जनले नेपाली महिला महिनावारीका समयमा विभेदको सिकार हुने भएकाले महिनावारी हुँदा गरिने विभेद हटाउन सके हिंसा न्यूनीकरण हुने बताए।

बिहान वसन्तपुरबाट सुरु भएको साइकल र्‍याली जमल, दरबारमार्ग, पुतलीसडक, अनामनगर, बिजुलीबजार, माइतीघर मण्डला, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मङ्गलबजारस्थित दरबार स्क्वायर पुगेर समापन गरिएको थियो। र्‍यालीमा ३०० भन्दाबढी व्यावसायिक साइकलयात्रीको सहभागिता थियो।

Shivam cement

पुनःप्रयोग गर्न मिल्ने प्याड र वातावरणमैत्री साइकलको सम्बन्ध मानव स्वास्थ्य र स्वच्छ वातावरणका हिसाबले महत्वपूर्ण रहेको सन्देश दिन उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। 

एक्सपोज नेपालले सन् २००७ देखि नेपालमा महिलामाथि हुने सबैखाले हिंसाविरुद्ध र महिनावारी स्वच्छताका क्षेत्रमा काम गरिरहेको छ। उक्त संस्थाले चार हजार ९०० महिलालाई पुनःप्रयोग गर्न मिल्ने प्याड बनाउने तालिम दिइसकेको छ।

प्रकाशित: May 28, 2022| 12:39 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।