बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हिन्दुराष्ट्र पुर्नस्थापना गराएरै छाड्छौं: कमल थापा

हिन्दुराष्ट्र पुर्नस्थापना गराएरै छाड्छौं: कमल थापा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पोखरा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा हिन्दु राष्ट्र पुर्नस्थापना गराएरै छोड्ने दाबी गरेका छन्।
  
उनले धर्म परिवर्तनको डरलाग्दो डढेलोले मुलुकको धार्मिक, सांस्कृतिक सद्भावमा गम्भीर खलल पुर्‍याएकोले यसलाई रोक्नको लागि र हिन्दु राष्ट्रको पहिचान जोगाउनको निमित्त सबै एक ठाउँमा आउन जरुरी भएको बताएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा गण्डकी प्रदेश स्तरीय हिन्दुराष्ट्र पुनस्र्थापना जनजागरण अभियानको पोखरामा उद्घाटन गर्दै अध्यक्ष थापाले विदेशीको दबाब र प्रभाव नेपालका केही राजनीतिक पार्टीहरुले सिमित स्वार्थसिद्ध गर्ने चाहनाले नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष बनाइएको उल्लेख गरेका छन्। उनले भने, ‘राजनीतिक तवरबाट भएको विकृतीलाई सच्याउन राजनीतिक पद्धति नै अपनाउनु पर्ने भएकोले राप्रपाले हिन्दुराष्ट्र पुनस्र्थापना मुख्य एजेण्डा हो।’

वैदिक मूल्य र मान्यता ठिक ढंगबाट आत्मसात गर्दै अगाडि बढेर समाज तथा राज्य सञ्चालन गर्न सक्यौं भने अवश्य सफल भइन्छ भन्ने मान्यता राखेर राप्रपा अघि बढेको बताउँदै अध्यक्ष थापाले नेपाललाई हिन्दु राष्ट्रको रुपमा पुनस्र्थापना गर्न राप्रपाले सुरु गरेको अभियानलाई साथ दिन सम्पुर्ण धार्मिक व्यक्तित्व, गुरु, स्वामी एवं समस्त हिन्दु धर्मावलम्बीहरुमा आग्रह गरे।

पश्चिमा मुलुकहरुले नेपालमा जबर्जस्ती धर्म परिवर्तन गराई आफ्नो अस्तित्व विस्तार गर्न चाहेका र त्यसलाई सहयोग पुर्‍याउन धर्मलाई ‘अफिम’ भन्दै अफवाह फैलाउन उग्र वामपन्थी शक्ति तल्लिन रहेपनि उनीहरुको अभिष्ट कदापी पुरा हुन नदिने अध्यक्ष थापाले ठोकुवा गरे।

हिन्दु राष्ट्र पुनस्र्थापना जनजागरण अभियानलाई केन्द्र, प्रदेश, नगरपालिका, गाउँपालिका हुँदै वडा तहसम्म पुर्‍याउने पार्टीको लक्ष रहेकोले यस सत्कर्ममा सबैको सहयोगको उहाँले अपेक्षा गरे।

राप्रपा गण्डकी प्रदेश कार्य समितिका अध्यक्ष हेमजंग गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई पार्टीका महामन्त्री एवं प्रतिनिधीसभाका सांसद मा राजेन्द्र लिङदेन, उपाध्यक्ष दिलविकास राजभण्डारी, सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषलगायत विभिन्न धार्मीक गुरुहरुले सम्बोधन गरेका छन्।  
 
धार्मिक गुरुहरुले हिन्दु राष्ट्र पुनस्र्थापनाको निमित्त राप्रपाल शुरु गरेको महान अभियानलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए।
यसअघि पार्टी अध्यक्ष कमल थापाले राप्रपाको गण्डकी प्रदेशको कार्यालयको विधिवत समुद्घाटन गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।