शुक्रबार, असार ५, २०८३

लमजुङमा ६३५ घरेलु उद्योग दर्ता

घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा ६३५ वटा घरेलु उद्योग दर्ता भएका छन्। आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि वैशाख महिनाको अवधिमा सो सङ्ख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख मीताकुमारी थापाले बताइन्।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

लमजुङ- घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा ६३५ वटा घरेलु उद्योग दर्ता भएका छन्। आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि वैशाख महिनाको अवधिमा सो सङ्ख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख मीताकुमारी थापाले बताइन्।  

National life

उनका अनुसार यस अवधिमा २५३ वटा घरेलु उद्योगको नवीकरण भएको छ। वाणिज्यतर्फ ३७५ नया दर्ता भएका छन् भने ३५८ वटा नवीकरण भएको छ। गत आार्थिक वर्षको साउनदेखि असारसम्ममा ९७० घरेलु उद्योग दर्ता भएको थियो। 

आव २०७७/२०७८ मा ३६९ उद्योग नवीकरण गरिएका छन्। वाणिज्यतर्फ एक वर्षको अवधिमा ६४० नयाँ दर्ता भएका छन्। त्यस्तै, ५५८ नवीकरण गरिएको घरेलु कार्यालयले जनाएको छ। 

आव २०७६/०७७ मा ६६९ नयाँ घरेलु उद्योग दर्ता भएको उक्त कार्यालयले जनाएको छ। आव २०७५/७६ मा जम्मा ४६८ मात्रै कार्यालयमा घरेलु उद्योग दर्ता गरिएका थिए। त्यस्तै, ८७ घरेलु उद्योग नवीरण भएको थियो।  सो अवधिमा वाणिज्यतर्फ ६२९ दर्ता भएका छन् भने नवीकरण १५७ भएका छन्। 

घरेलुमा उद्योग दर्ता गर्दा सरकारी सेवा सुविधा पाउने कानुनी झन्झट नहुने, उद्यमी बन्ने चाहना, विभिन्न माध्यमबाट जनचेतना वृद्धि, घरेलु उद्येगमा महिलालाई ५० प्रतिशत छुट भएकाले उद्योग दर्ता गर्न सेवाग्राही आकर्षित हुन थालेको कार्यालय प्रमुख थापाले बताइन्। 

Shivam cement

बेँसीसहर बजार, सुन्दरबजार, भोटेओडार, सोती पसल भोर्लेटारलगायतका स्थानमा पसल बढिरहेका छन्। दर्ता भएका उद्योगमध्ये अधिकांश कृषि फार्म, सिलाइकटाइ, अलैँची, ब्युटिपार्लर, कृषि औजार, मौरीपालन, बङ्गुर फार्म, दालमोठ उद्योग, पर्यटन उद्योगलगायत सञ्चालनमा रहेका छन्। ‍- रासस 

प्रकाशित: May 28, 2022| 11:28 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।