आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु, आठ जना पक्राउ

सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु, आठ जना पक्राउ

दाङमा सिकार खेल्ने क्रममा गोली लागेर एक जनाको ज्यान गएको छ।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

दाङ- दाङमा सिकार खेल्ने क्रममा गोली लागेर एक जनाको ज्यान गएको छ।

जिल्लाको बंगलाचुली गाउँपालिका-८ रानीखुट्टीको जंगलमा शुक्रबार दिउँसो करिब १२ सिकार खेल्न गएका एक जनाको आफैले बोकेको बन्दुकको गोली लागेर ज्यान गएको हो। आफैले बोकेको बन्दुक आफ्नै निधारछेउको भागमा पट्किँदा उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा लमही-१ वसन्तपुर निवासी २३ वर्षीय कालुराम घर्तीमर रहेका छन्। वडा प्रहरी कार्यालय लमहीका अनुसार सिकर खेल्न बारुद भरिएको बन्दुक भिरेर लस्करै हिँडेको बेला पट्किएको हो। प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।

सिकार खेल्न प्रयोग भएका चार नाल भरुवा बन्दुकसहित आठ जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

पक्राउ पर्नेमा लमही-१ वसन्तपुर निवासी ४० वर्षीय जीवलाल घर्तीमगर, सोही ठाउँका ४५ वर्षीय बुद्धिमान घर्तीमगर, ५० वर्षीय ओमबहादुर घर्तीमगर, २८ वर्षीय मृतकका दाइ मिनबहादुर घर्तीमगर, दिलबहादुर घर्तीमगर र खगेन्द्र घर्तीमगर रहेका छन्।

प्रकाशित: May 28, 2022| 10:17 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।