बुधबार, चैत ४, २०८२

स्वास्थ्य मन्त्रालयले भन्यो- मङ्कीपक्सको लक्षण देखिए १११५ मा सम्पर्क गर्नू

स्वास्थ्य मन्त्रालयले मङ्कीपक्स रोगको लक्षण देखिए १११५ नम्बरमा कल गर्न आग्रह गरेको छ। विश्वमा मङ्कीपक्स रोग फैलिन थालेको र त्यसबाट नेपाल पनि जोखिममा रहेको जनाउँदै मन्त्रालयले उक्त आग्रह गरेको हो।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

काठमाडौं- स्वास्थ्य मन्त्रालयले मङ्कीपक्स रोगको लक्षण देखिए १११५ नम्बरमा कल गर्न आग्रह गरेको छ। विश्वमा मङ्कीपक्स रोग फैलिन थालेको र त्यसबाट नेपाल पनि जोखिममा रहेको जनाउँदै मन्त्रालयले उक्त आग्रह गरेको हो।

National life

मन्त्रालयले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्कीपक्सका संक्रमित फेला नपरेको जनाएको छ। संक्रमण नदेखिए पनि उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह छ।

संक्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा जनावरका र्‍याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ र दूषित सतह र सामग्रीबाट सर्ने गर्दछ। श्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेको छालाजस्ता अङ्गबाट भाइरस शरीरमा प्रवेश गरेर पनि सर्ने गर्छ। बाँदर, मुसा, लोखर्केलगायत जनावर, भाइरस रहेको ओछ्यान र लुगाबाट पनि मङ्कीपक्सको भाइरस सर्ने गर्छ।

ज्वरो आउनु, सामान्य ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्रमा छालामा दाग देखिनु, अनुहार, हल्केला र पैतालामा डाबर देखापर्नु, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किनु जस्ता लक्षण देखिन्छ। यस्तै, टाउको, ढाड र मांसपेशी दुख्नु, शरीरका ग्रन्थी बढ्नु, लक्षण १४ देखि २८ दिनसम्म रहन सक्छ र सामान्यता आफैँ हराउने गर्छ।

बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा आँखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जानु र मृत्युजस्ता सम्भावित जटिलता देखापर्ने मन्त्रालयले जनाएको छ।

Laxmi sunrise bank
kumari

मङ्कीपक्सबाट बच्नका लागि मङ्कीपक्सको शङ्का वा पुष्टि भएका व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, संक्रमति व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेशनमा राख्ने, संक्रमित व्यक्तिको हेरचाह गर्नेले पीपीई लगाउने, नियमितरूपमा साबुन पानीले हात धुने, मरेका वा बिरामी जनवारको सम्पर्कमा नजाने, संक्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाडा तातो पानीले धुने, सङ्क्रमतिको सम्पर्कमा आएका सहत र ठाउँ निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने गर्नुपर्छ।

स्वास्थ्य मन्त्रालयले ज्वरो आएको एकदेखि तीन दिनभित्र अनुहार, हल्केला र पैतलामा दाग वा डाबर देखिएमा मन्त्रालयको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न अनुरोध गरेको छ।



प्रकाशित: May 28, 2022| 08:38 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्