बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • थमन हत्या प्रकरणः राज्यमन्त्री शर्मा आफैं अदालतमा उपस्थित हुने

थमन हत्या प्रकरणः राज्यमन्त्री शर्मा आफैं अदालतमा उपस्थित हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- असई थमन विक हत्याका अभियुक्त भनिएका प्रदेश २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा अगामी हप्ता अदालतमा उपस्थित हुने भएका छन्।

उच्च अदालत जनकपुरले थमन हत्याका अभियुक्तहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीको नाउँमा परमादेश जारी गरेपछि राज्यमन्त्री शर्मा सोझै अदालतमा हाजिर हुने मनस्थितिमा पुगेको स्रोतले जनाएको छ। 

थमन हत्याका अभियुक्तहरु सार्वजनिक कार्यक्रमहरुमा देखा परेपनि प्रहरीले पक्राउ नगरेपछि उच्च अदालत जनकपुरले १६ साउनमा जिल्ला प्रहरी कार्यालयको नाउँमा परमादेश जारी गरेको थियो। अदालतले परमादेश जारी गरेपछि राज्यमन्त्री शर्मा अहिले मन्त्रालय आउन छाडेका छन्।

झुटा मुद्दा लगाइएपनि अदालतको निर्णयलाई सम्मान गर्दै आफू अदालतमा उपस्थित तयार भएको बताएको स्रोतो दाबी छ। यसअघि पनि राज्यमन्त्री शर्माले अदालतको निर्णयलाई सम्मान गर्ने बताएका थिए।

शर्मासहित थमन हत्याका अन्य अभियुक्तको विषयमा राजपा अध्यक्ष मण्डलका सदस्यहरुबीच समेत छलफल भएको छ। अध्यक्ष मण्डलले शर्मालाई कानूनी प्रक्रियामा जान सुझाव दिएको बताइएको छ।

घटना चर्चामा रहेको र निक्र्यौल निकाल्नुपर्ने विषय भएकाले अध्यक्ष मण्डलमा शर्माको विषयमा छलफल भएको राजपाका एक शीर्ष नेतृत्वले जानकारी दिएका छन्।
थमन हत्या घटनामा राज्यमन्त्री शर्मा, जलेश्वर नगरपालिकाका नगर प्रमुख रामशंकर मिश्र(शंकर शाही) लगायत २८ जनालाई अभियुक्त बनाइएको छ। शर्मा र मिश्र दुवैजना राजपाबाट निर्वाचित भएका हुन्। संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित प्रदेशसभा सदस्य कौशल रायलाई प्रहरीले हत्याको मुख्य अभियुक्त बनाएको छ।

पछिल्लो मधेश आन्दोलनको क्रममा महोत्तरीमा कार्यरत विकको २५ भाद्र २०७२ मा हत्या भएको थियो। आन्दोलनकारीको आक्रमणमा परी घाइते भएका विकलाई उपचारको लागि जनकपुर ल्याउँदै गर्दा गाडीबाट थुतेर हत्या गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।