काठमाडौं- काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन साहले महानगरमा फोहोरको समस्या समाधान नभएसम्म अन्तर्वार्ता नदिने घोषणा गरेका छन्। शुक्रबार धन्यवाद सभा सकेर काठमाडौंको ल्यान्डफिल्ड साइट सिस्डोल र बञ्चरेडाँडाको अवलोकनपछि यस्तो बताएका हुन्।
'फोहोर समस्याको दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव मनाउँदिनँ। खादा र माला पनि लाउने छैन,' उनले भने, 'यो समस्या समाधान नभएसम्म अन्तर्वार्ता समेत दिने छैन।'
बालेन शुक्रबार बिहान मात्र महानगरको मेयर विजयी घोषणा भएका हुन्। उनी स्वतन्त्रतर्फबाट पहिलोपटक काठमाडौं महानगरको मेयर बनेका हुन्।