आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • दुर्गा सुवेदीको आत्मकथा: लोकमानले १० करोड अफर गरेको खुलासा

दुर्गा सुवेदीको आत्मकथा: लोकमानले १० करोड अफर गरेको खुलासा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीले आफ्नो संलग्नतामा भएको नेपालको पहिलो र एकमात्र राजनीतिक विमान अपहरणबारे आफ्नो अनुभूति सार्वजनिक गरेका छन्। उनले लेखेको संस्मरणात्मक पुस्तक ‘विमान विद्रोह : एउटा राजनीतिक अपहरणको बयान’मा पञ्चायतविरुद्ध संघर्षका विविध आयामहरु उद्घाटित छन् । 

पुस्तकमा आफ्नी धर्मपत्नी सुशीला कार्की प्रधानन्यायाधीश छँदा तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्की कसरी ‘१० करोडको गोड्धुवा प्रस्ताव’ लिएर आएका थिए भन्ने वर्णन पनि पढ्न पाइन्छ। 

बीपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा लेखेका छन्, ‘मसँग पैसा थिएन अनि हवाईजहाज अपहरणको विचार आयो । म विस्तारमा भनुँ कि नभनुँ ? अहिले छोडिदिऊ, अब मान्छे पनि आइसके।’ दुर्गा सुवेदी भन्छन्, ‘बीपीले विस्तारमा नभनी छोडिदिनु भएको कहानी मैले भन्ने जमर्को गरेको छु ।’

पूर्वप्रधानन्यायाधीश सुशीलाका पति दुर्गा सुवेदीको शुक्रबार प्रकाशित पुस्तक ‘विमान विद्रोह’ मार्फत लोकमानले घुसको प्रलोभन दिएको खुलेको हो।

‘टोलीमा आएको एकजनाले मलाई सुनायो– चाँदीको खड्कुलोमा राखेर गोडा धुने रे! अर्कोले मलाई छेउमै बोलाएर भन्यो– बाहिर गेटमा रोकिएको गाडीमा १० करोड गोडधुवा छ,’ सुवेदीको पुस्तकमा उल्लेख छ, ‘लोकमान भन्ने मान्छे कति खतरनाक र खुराफाती रहेछ भन्ने मलाई थाहा भयो।’

 पुस्तकमा लेखिएको छ, ‘टोलीमा आएको एकजनाले मलाई सुनायो– चाँदीको खड्कुलोमा राखेर गोडा धुने रे ! अर्कोले मलाई छेउमै बोलाएर भन्यो– बाहिर गेटमा रोकिएको गाडीमा १० करोड गोडधुवा छ।’

अख्तियार प्रमुख आयुक्त हुन ‘लोकमानसिंह कार्कीको योग्यता पुग्दैन, उनी अयोग्य हुन्’ भनेर मुद्दा परेको थियो । जनआन्दोलन दबाउने काममा पनि सक्रिय भएकाले उनलाई अयोग्य भनिएको थियो। तर, न्यायाधीश गोपाल पराजुलीलगायतको इजलासले उनलाई चोख्याइदिएपछि यसमा पुनरावेदन परेको थियो।

२००३ सालमा धनकुटामा जन्मिएका सुवेदी नेपालको प्रजातान्त्रिक आन्दोलनका चर्चित नाम हुन् । पञ्चायती सत्ताविरुद्ध नेपाली कांग्रेसले गरेको सशस्त्र संघर्षलाई सहयोग पुर्याउन राष्ट्रबैंकको भारु ३० लाख लुट्न उनले बसन्त भट्टराई र नगेन्द्र ढुंगेलसँग मिलेर २०३० सालमा नेपाल वायुसेवा निगमको विमान अपहरण गरेका थिए। यसबापत करिब १० वर्ष लामो प्रवास-बसाई र दुई वर्ष भारतीय जेलमा जीवन बिताएका सुवेदी कालान्तरमा माओवादी र सरकारबीच शान्ति-संवाद गराउने सूत्राधारसमेत बने। 

एउटा सशस्त्र संघर्ष गर्दा र अर्को सशस्त्र संघर्ष टुंग्याउन भूमिका खेल्दाका दुवै पाटाहरु पुस्तकमा छन्। कांग्रेसले हतियार उठाउँदाका अन्तरकथा, कोइराला परिवारका भित्री कथा र त्यसै क्रममा उनी स्वयंलाई पार्टीभित्रबाटै मार्न खोजिएको षडयन्त्रको पनि सुवेदीले खुलासा गरेका छन्। 

‘विमान विद्रोह’को प्रकाशन किताब पब्लिसर्स प्रालिले गरेको हो। ‘यसमा राजनीतिक प्रयोजनले विमान अपहरण गर्दाको व्यक्तिगत मनोविज्ञान पहिलोपटक अपहरणकारी स्वयंले सार्वजनिक गर्नुभएको छ,’ किताब पब्लिसर्सकी प्रमुख सञ्चालन अधिकृत कल्पना ढकाल भन्छिन्, ‘यो पुस्तकले पाठकहरुलाई नेपाली इतिहासको रोचक अतीततर्फ फर्काउने हाम्रो अपेक्षा छ।’

यो पनि पढ्नुहोस्, 
क्याप्टेनको कञ्‍चटमा पेस्तोल तेर्स्याएपछि जहाज 'डाउन' भयो

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।