शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हरित हाइड्रोजन प्रविधिको प्रबर्द्धन गर्न विद्युत प्राधिकरण र काठमाडौं विश्वविद्यालयबीच सहकार्य

हरित हाइड्रोजन प्रविधिको प्रबर्द्धन गर्न विद्युत प्राधिकरण र काठमाडौं विश्वविद्यालयबीच सहकार्य

नेपाल विद्युत् प्राधिकरण र काठमाडौं विश्वविद्यालयबीच अर्थतन्त्रमा योगदान पुर्‍याउन र जलविद्युत्को राम्रो उपयोग गर्न हरित हाइड्रोजन प्रविधिको प्रबर्द्धनमा सहकार्य गर्ने सहमत भएका छ।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

काठमाडौं- नेपाल विद्युत् प्राधिकरण र काठमाडौं विश्वविद्यालयबीच अर्थतन्त्रमा योगदान पुर्‍याउन र जलविद्युत्को राम्रो उपयोग गर्न हरित हाइड्रोजन प्रविधिको प्रबर्द्धनमा सहकार्य गर्ने सहमत भएका छ। 

National life

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापा र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। यो सम्झौता हस्ताक्षर भएको मितिदेखि ५ वर्षसम्म रहनेछ।

यो समझदारीले मुख्यतः नेपालमा हरित हाइड्रोजन प्रविधिको उत्थान गर्न नेपाल विद्युत् प्राधिकरण र सरकारको चासोसँग सम्बन्धित ज्ञान, विशेषज्ञता र जनशक्तिको विकास गरी नेपालमा हरित हाइड्रोजन प्रविधिको प्रबर्द्धन गर्नेछ। 

प्राधिकरणको गत वैशाख ७ गते बसेको ९०७ औँ बोर्ड बैठकले स्वीकृत गरेको ‘घरेलु अर्थतन्त्रमा योगदान र जलविद्युत्को राम्रो उपयोगका लागि नेपालमा पाइलट हरित अमोनिया उत्पादन’सम्बन्धी काठमाडौँ विश्वविद्यालयबाट प्रस्तावित परियोजना प्रस्तावलाई पनि दुवै पक्षले औपचारिकता दिएका छन्। 

दुवै पक्षबीच हरित हाइड्रोजन प्रविधिको अनुसन्धान गर्न, ग्रीडको गुणस्तर र विश्वसनीयता सुधार गर्न हाइड्रोजन प्रविधिको प्रयोग, हिउँदे मौसममा ऊर्जा भण्डारणका साथै नेपालमा जलविद्युतको उचित सदुपयोग गर्न क्षमता विकास गर्ने सहमति भएको काठमाडौं विश्विद्यालयले जनाएको छ। 

Shivam cement

प्रकाशित: May 27, 2022| 22:50 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।