आइतबार, साउन २४, २०८३

मकालु आरोहणसँगै पूर्णिमाको नयाँ कीर्तिमान

फोटो पत्रकार पूर्णिमा श्रेष्ठले संखुवासभामा अवस्थित मकालु हिमालको सफल आरोहण गरेकी छन्।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

काठमाडौं- फोटो पत्रकार पूर्णिमा श्रेष्ठले संखुवासभामा अवस्थित मकालु हिमालको सफल आरोहण गरेकी छन्। फोटो पत्रकार क्लबकी सदस्य श्रेष्ठले शुक्रबार बिहान करिब १०ः५० बजे मकालुको शिखर चुमेकी हुन्।

पूर्णिमाले एटके एक्सपिडिसनबाट मकालु आरोहण गरेकी हुन्। कम्पनीका प्रतिनिधि लाक्पा शेर्पाका अनुसार सातौं सफल आरोहणसँगै श्रेष्ठ नेपालतर्फबाट आरोहण गरिने आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला बनेर कीर्तिमान कायम गरेकी छन्।

नेपालमा आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमाल सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, मनास्लु, अन्नपूर्ण, धवलागिरी र चोयु भए पनि चोयु हिमाल भने तिब्बततिरबाट मात्र आरोहण गरिन्छ।

८,४८५ मिटर अग्लो मकालु विश्वको पाँचौं अग्लो हिमाल हो। यो नेपाल र चीन तिब्बतको स्वायत्त क्षेत्रको सीमामा रहेको सर्वोच्च शिखर सगरमाथाबाट १९ किलोमिटर दक्षिणपूर्वमा अवस्थित महालंगुर हिमशृंखलामा पर्छ। आठ हजार मिटर अग्ला हिमाल मध्ये एक मकालु पृथक चारकुने पिरामिड आकारको छ।

मकालु हिमालको शिखरमा पाइला टेकेसँगै पूर्णिमाले एकै सिजनमा आठ हजार मिटरभन्दा अग्ला तीनवटा हिमाल आरोहण गरेकी छन््। गोरखाको आरुघाटमा जन्मिएकी श्रेष्ठले यसअघि सगरमाथा (८,८४८.८६ मिटर), धवलागिरी (८,१६७ मिटर), ल्होत्से (८,५१६ मिटर), कञ्चनजंघा (८,५८६ मिटर), मनास्लु (८,०१६ मिटर), अन्नपूर्ण )८,०९१ मिटर) आरोहण गरिसकेकी छन्।

एक दशकदेखि फोटो पत्रकरितामा सक्रिय पूर्णिमा हाल कारोबार राष्ट्रिय आर्थिक दैनिकमा कार्यरत छिन्।

प्रकाशित: May 27, 2022| 20:25 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।