शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरसफाइ मजदुरलाई तालिमको व्यवस्था गर्न मन्त्री आलेको निर्देशन

सरसफाइ मजदुरलाई तालिमको व्यवस्था गर्न मन्त्री आलेको निर्देशन

सफाइ अभियन्ता खेम शर्माले मन्त्रालयको निर्देशनमा मन्त्रालय मातहतका सात स्थानमा गरेको सरसफाइ अवस्थाको अध्ययन प्रतिवेदन शुक्रबार बुझ्दै मन्त्री आलेले उक्त निर्देशन दिएका हुन्।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रालयअन्तर्गत निकाय तथा विभागमा कार्यरत सरसफाइ मजदुरलाई तालिमको व्यवस्था गर्न निर्देशन दिएका छन्। सफाइ अभियन्ता खेम शर्माले मन्त्रालयको निर्देशनमा मन्त्रालय मातहतका सात स्थानमा गरेको सरसफाइ अवस्थाको अध्ययन प्रतिवेदन शुक्रबार बुझ्दै मन्त्री आलेले उक्त निर्देशन दिएका हुन्। 

National life

अभियन्ता शर्माले संस्कृति, पर्यटन तथा रिक उड्डयन मन्त्रालयअन्तर्गत सांस्कृतिक, पर्यटकीय तथा व्यावसायिक महत्वका स्थानको एक हप्ता लगाएर सरसफाइ अवस्थाको अनुगमन गरेका थिए।  

मन्त्री आलेले आफ्नो मन्त्रालयअन्तर्गत विभाग तथा निकायमा कार्यरत सरसफाइ कर्मचारीलाई तत्काल तालिमको व्यवस्था गर्न सम्बन्धित निकायका प्रमुखलाई मंगलबार निर्देशन दिएका हुन्। मन्त्री आलेले सम्बन्धित निकायले तत्काल सफाइ मजदुरलाई आफ्नो पेशाप्रति गौरव हुने र सीपयुक्त बन्ने गरी तालिमको व्यवस्था गर्न निर्देशन दिए। 

उनले भने, 'सरसफाइ स्वास्थ्यका लागि नभइ नहुने सीप हो, मन्त्रालय मातहतका विभाग तथा कार्यालय टिलिक्क टल्किनुपर्छ र सफा सुग्घर राख्नुपर्छ।' अनुगमन प्रतिवेदनको निष्कर्षमा प्रतिवेदक शर्माले सफाइ मजदुरमा तालिमको व्यवस्था हुनुपर्ने, सरसफाइका उपयुक्त सरसामान तथा रसायनको प्रयोग हुनुपर्ने तथा प्रभावकारी अनुगमन हुनुपर्ने जानकारी दिए।  

पहिलो चरणमा पर्यटकको बाक्लो आगमन हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सफाइ मजदुरलाई तालिम दिन र त्यहाँको कामको प्रभावकारी अनुगमन गर्न पनि मन्त्री आलेले निर्देशन दिए। मन्त्री आलेलाई प्रतिवेदन हस्तान्तरण गर्दै सरसफाइ अभियन्ता शर्माले नेपालका सरसफाइ मजदुरलाई पेशागत प्रशिक्षण दिने मन्त्री आलेको निर्देशनबाट आफू निकै खुशी भएको बताए। 

Shivam cement

सरसफाइ पेशालाई सम्मानित र गौरवयुक्त  बनाउन तथा मन्त्रालयअन्तर्गत कार्यालयको सरसफाइको अवस्थामा आमूल परिवर्तन गर्न मन्त्रीले निर्देशन एतिहासिक हुने मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बताए। उनले भने, 'मन्त्रीलगायत सिङ्गो मन्त्रालय परिवार र निकायका प्रमुख सरसफाइप्रति गम्भीर हुनुभएको छ, मन्त्रालय मातहतका सबै निकाय, कार्यालय तथा विभाग सफा र सुग्घर हुने छन्।'

प्रकाशित: May 27, 2022| 19:26 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।