काठमाडौं- धम्की दिएर ७ करोड मागेको आरोपमा प्रहरीले पत्रकार र विज्ञापन एजेन्सीमा काम गर्ने व्यक्तिसहित ७ जनालाई पक्राउ गरेको छ।
उपत्यका प्रहरी अपराध महाशाखाले उनीहरूलाई शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सुजन आचार्य, टेक विक, धर्मराज थापा, उमेश भण्डारी बसन्ता खनाल, सुरज शर्मा र श्रवण कार्की रहेका छन्। पत्रकार कार्यरत मिडिया खुलाएको छैन।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।