शुक्रबार, असार ५, २०८३

९ महिनामा ११२ मानव अधिकार उल्लंघनका घटना : आयोग

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले चालू आर्थिक वर्षको वैशाख महिनासम्म सो संख्यामा मानव अधिकार हननका घटनाको उजुरी आयोगमा आएको जानकारी दिएका हुन्।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा ११२ वटा मानव अधिकार हननका घटनामा उजुरी दर्ता भएको बताएको छ। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले चालू आर्थिक वर्षको वैशाख महिनासम्म सो संख्यामा मानव अधिकार हननका घटनाको उजुरी आयोगमा आएको जानकारी दिएका हुन्। 

National life

आयोगको २२औँ वार्षिकोत्सवको अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चालू आर्थिक वर्षमा मात्रै मानव अधिकार हननका ३३९ वटा उजुरीमा निर्णय गरिएको पनि जानकारी दिए। अध्यक्ष मगरले मानव अधिकार हनन्का घटनाको विश्लेषण गर्दा महिला अधिकार, जातीय विभेद, बालअधिकार र विकासका अधिकार मुख्य विषयहरुलाई लिएर आयोगमा उजुरी आउने गरेको पनि उल्लेख गरे।

'यस वर्षको बैशाखसम्ममा आयोगमा मानव अधिकार हननका ११२ वटा उजुरी दर्ता भएका छन्। मानव अधिकार हनन् भयो भनि आयोगमा परेका उजुरीमध्ये चालू आवमा ३३९ वटा उजुरीमा निर्णय भएको छ। जसमा जीवनको अधिकार, न्याय प्रशासन, महिला अधिकार, बाल अधिकार, जातीय विभेद र विकास अधिकार लगायतका विषयहरु रहेका छन्। मानव अधिकारको अवस्था विश्लेषण गर्दा आयोगमा दर्ता हुन आउने उजुरीको संख्या आधार लिनु मात्रै पर्याप्त हुँदैन,' अध्यक्ष मगरले भने, 'नागरिकको आधारभूत आवश्यक्तको रुपमा रहेको गाँस, बास, कपासदेखि लिएर स्वतन्त्रता, समानता, मर्यादा, सम्मानपूर्वक बाँच्न पाउने हक, शान्ति सुरक्षा, दीगो विकास, सुशासन, सहभागिता, लैगिक समावेशितालगायतका कोणहरुबाट पनि विश्लेषण गर्न आवश्यक छ। अहिले पनि महिला हिंसा, यौनजन्य हिंसा, बलात्कार, जातीय विभेदको घटना न्यूनिकरण हुन सकेको छैन।’

त्यस अवसरमा अध्यक्ष मगरले भूकम्पबाट क्षतिग्रस्त आयोगको भवन पुनर्निर्माण गर्नका लागि सरकारको ध्यानाकर्षण पनि गराए। उनले मानव अधिकारको प्रत्याभूति दिलाउन सरकारले कार्यदल गठन गरी काम अघि बढाएकोमा खुशी समेत व्यक्त गरे।


प्रकाशित: May 27, 2022| 17:11 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।