शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बलात्कार मुद्दामा हदम्याद हटाउन माग गर्दै राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता

बलात्कार मुद्दामा हदम्याद हटाउन माग गर्दै राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता

बाल यौन दुर्व्यवहारको कसुरमा सजायको लागि उजुरी दिने हदम्याद पूर्ण रुपमा हटाउन माग गर्दै राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता भएको छ।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

काठमाडौं– बाल यौन दुर्व्यवहारको कसुरमा सजायको लागि उजुरी दिने हदम्याद पूर्ण रुपमा हटाउन माग गर्दै राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता भएको छ। सबै दल र स्वतन्त्र सांसदको समर्थनमा नेपाली कांग्रेसकी सांसद कमला पन्तले संसद् सचिवालयमा शुक्रबार प्रस्ताव दर्ता गराएकी हुन्।

National life

प्रस्तावकमा कांग्रेस सांसद पन्त र समर्थकहरुमा एमाले सांसद बिमला राई पौड्याल, प्रमिलाकुमारी यादव, बिमला घिमिरे, मदनकुमारी शाह गरिमा, शेखरकुमार सिंह, गंगाकुमारी बेल्वासे र तुलप्रसाद विश्वकर्मा रहेका छन्।

प्रस्तावमा बालबालिकाबाहेक अन्यको हकमा समेत बलात्कार मुद्दामा उजुरी दिने हदम्यादको व्यवस्था पुनरावलोकन र पुनर्विचार गरी आवश्यक संशोधन गर्नुपर्ने माग गरिएको छ।

समाजमा बालबालिकाविरुद्ध यौन हिंसाका घटनाहरु बढिरहेको, डर त्रास, लोभलालच वा विभिन्न शारीरिक र मानसिक अवस्थाका कारण समयमै उजुरी दिन नसकेको र उजुरी दिन सक्षम भइसक्दा हदम्यादका कारण पीडितले न्याय नपाउने, पीडकले उन्मुक्ति पाउने अवस्था देखिएले ऐन पुनरावलोकनका लागि प्रस्ताव ल्याइएको संकल्पमा उल्लेख छ।

प्रकाशित: May 27, 2022| 16:28 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।